तिलोत्तमाको मेयरमा कांग्रेसका खाणको अग्रता कायमै

14.9k Shares

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाणले अग्रता कायमै राखेका छन्।

खाण २२ हजार ४५४ मतका साथ लिड गरिरहेका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईले २१ हजार ६४७ मतका साथ पछ्याइरहेका छन्। खाण चापागाईंभन्दा ८ सय ७ मतले अगाडि छन्।

तिलोत्तमामा कुल ६४ हजार ७०२ मत खसेकोमा आज बिहानसम्म ५९ हजार ४८५ मतगणना भइसकेको छ। अहिलेसम्म नगरका १७ वडामध्ये १४  वडाको मतगणना सम्पन्न भइसकेको छ।

नेपाल समय
अहिले गणना भइरहेका वडा नम्बर ७ र ८ मा झिनो मतले एमालेका उम्मेदवार अगाडि छन् भने ९ मा कांग्रेसका उम्मेदवार अगाडि छन्। अहिलेसम्म एमालेले नगरका ६ वटा वडा र कांग्रेसले ८ वटा वडामा जितेको छ।

यस्तै उपमेयरमा एमालेकी जगेश्वरीदेवी चौधरीको अग्रता छ। उनलाई सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले पछ्याइरहेका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार