बरु नष्ट हुन्छु, भ्रष्ट हुन्नँ : रवीन्द्र मिश्र

9.9k Shares

 विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफूबाट समाज र देशलाई ठग्ने काम नहुने बताएका छन् ।

 

काठमाडौंमा पार्टीको लज्जास्पद पराजयपछि नैतिकताका आधारमा मंगलबार पदबाट राजीनामा दिएका मिश्रले तत्काल कुनै पनि सञ्चारमाध्यमसँग थप टिप्पणी नगर्ने पनि बताएका छन् । ‘ममा कमजोरी छन्, हाम्रा विचार नमिल्ला, त्यो भिन्दै कुरा हो । तर यति चाहिँ वाचा गर्छु स् मबाट बेइमानी हुँदैन’, सामाजिक सञ्जालमार्फत एक स्टाटस पोस्ट गर्दै मिश्रले भनेका छन्, ‘यो समाज र देशलाई ठग्ने काम हुँदैन । ‘बरू नष्ट हुँला, भ्रष्ट हुन्नँ’ भनेर मैले भन्ने गरेकै छु ।’

 

मिश्रले विचारभन्दा माथि देशलाई राख्ने आफ्नो मान्यतालाई शिरोधार्य गर्दै सधैं प्रयासरत रहने बताएका छन् । ‘विचारभन्दा माथि देशलाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो । त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु’, उनले भनेका छन् ।

 
ताजा अपडेट
सम्बन्धित समाचार