काठमाडौं महानगरपालिकामा दोस्रो स्थानका लागि स्थापित र सिंहको प्रतिस्पर्धा , कस्ले मार्ला बाजी ?

12.6k Shares

काठमाडौं महानगरपालिकामा दोस्रो स्थानका लागि केशव स्थापित र सिर्जना सिंहको प्रतिस्पर्धा देखिएको छ ।

केही वडाको मत गणना गर्न बाँकी छँदै मेयरमा बालेन्द्र  साह (बालेन)को जित पक्का भइसकेको छ । वडा नम्बर १४, १५ र १६ को गणना चलिरहँदा साहले ५८ हजार २६१ मत पाएका छन् ।


नेकपा एमालेका उम्मेदवार स्थापितले ३६ हजार ८५० मत पाएका छन् । सुरुदेखि दोस्रो स्थानमा रहेका स्थापीतलाई उछिनेर सिर्जना दोस्रो स्थानमा आएकी थिइन् ।

तर उनी फेरि तेस्रो स्थानमा पुगेकी छन् । उनले ३६ हजार ६०४ मत पिाएकी छन् । राप्रपाका उम्मेदवार मदनकृष्ण श्रेष्ठले भने ५ हजार ८४५ मत पाएका छन् ।

उपमेयरमा जित पक्का गरिसकेकी सुनिता ढंगोलले ६५ हजार ५३८ मत पाएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २२ हजार १६४ मत पाउँदा राप्रपाकी बिनिता मगैयाँले १२ हजार २७३ मत पाएकी छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार