नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाएका छन ।
संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले मूल्य वृद्धिको पवृत्ति अभूतपूर्व रहेको भनदै टिप्पणी गरे । एमाले अध्यक्ष ओलीले पालिका चुनावको भोट हालेको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हानेको बताए ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको एक हप्ता पनि नपुग्दै फेरि अर्को मूल्य वृद्धि गरेर सरकारले नागरिकलाई पटक पटक डण्डाले हिर्काउने काम गरेको टिप्पणी गरेका हुन । उनले पेट्रोलियम पदार्थको मूल्य बढेपछि ढुवानीको भाडा स्वतस् बढ्ने भएकाले नागरिकले हरेक वस्तुमा महंगीको मार खेप्नु परेको बताए ।