नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएकी छन् ।
उनले आजबाट सुरु भएको बागमती प्रदेशसभाको दसौँ अधिवेशन (वर्षे अधिवेशन) बैठकलाई सम्बोधन गर्दै ५ दलीय गठबन्धनले लोकतन्त्रमाथि नै प्रश्न उठ्ने गरी सत्ताको चरम दुरुपयोग भएको आरोप लगाएकी हुन् ।
उनले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन आग्रह गरिन् । देशभर उच्च मूल्यवृद्धि भएको र देशैभर उच्च महँगी बढ्दा जनताको दैनिकीमा नै समस्या सृजना भएको बताउँदै केन्द्र सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो ।