आर्थिक वर्षको बजेट स्वीकृत गर्न मन्त्रिपरिषदको बैठक बस्दै

13.1k Shares

 आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्न मन्त्रिपरिषदको बैठक बस्ने लागेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा रहेको बजेट तथा स्रोत समितिको बैठकले भर्खरै बजेट पास गरेसँगै मन्त्रिपरिषदबाट पनि स्वीकृत गर्न लागिएको हो । 

आयोगको उक्त समितिमा योजना आयोगका उपाध्यक्षसहित नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव, योजना आयोगका सचिव, महालेखा नियन्त्रक र अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख रहने व्यवस्था छ । 

 

मन्त्रिपरिषद्ले पास गरेपछि संसदमा बजेट सार्वजनिक गरिन्छ। आज अपरान्ह ४ बजे अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । 

ताजा अपडेट
सम्बन्धित समाचार