शिक्षामन्त्री पौडेलद्वारा जनक शिक्षा सामग्री केन्द्रको आकस्मिक अनुगमन

14.8k Shares

समयमा पाठ्यपुस्तक उपलब्ध नभएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेका छन्।

आज भक्तपुरको सानोठिमिस्थित जनक शिक्षाको आकस्मिक अनुगमन गरेका हुन् । जनक शिक्षाले यसअघि समयमा नै पाठ्यपुस्तक पुराउने भनेपनि सोचेजस्तो काम नभएको पाइएपछि शिक्षामन्त्री पौडेल अनुगमनमा निस्किएका हुन्।


अनुगमनका क्रममा मन्त्री पौडेलले पाठ्यपुस्तक छपाई दुई हप्ता ढिलो भएको जानकारी पाएको बताएका थिए ।

उनले १० दिनसम्ममा पुस्तक छापिने जनक शिक्षाले जानकारी गराएको बताए । अहिले २० लाख पुस्तक पुग्न बाँकी रहेकाले छिटै ढुवानी हुने उनले बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार