काठमाडौंका मेयर उपमेयरको आज शपथ र पदभार ग्रहण

15.4k Shares

काठमाडौं महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूले आज (सोमबार) पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् । प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यले शपथ ग्रहण गर्ने भएका हुन् ।

बिहान ११ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृतले महानगर प्रमुखमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि प्रमुख साहले अरू जनप्रतिनिधिहरूलाई शपथ गराउने छन् ।

राष्ट्रिय सभागृहमा हुने शपथपछि आजै प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन् ।

ताजा अपडेट
सम्बन्धित समाचार