दुर्घटनाग्रस्त भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात जना

12.5k Shares

पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको विमान दुर्घटनामा धनुषाको एकै परिवारका सात जना परेपछि गाउँ शोकमा डुबेको छ ।

विमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना धनुषाको मिथिला नगरपालिका–११ लोटाका हुन् । उनीहरुको मृत्यु भए नभएको बारे कुनै पृष्टि भएको छैन । विमान दुर्घटनामा अन्दाजी ४२ वर्षीय राजनकुमार गोलेसहित उनको आफन्तहरु परेका छन् ।

 

राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्ग गरी सात जना एक परिवारका सदस्यहरु बिमान दुर्घटनामा परेका छन् ।

उनीहरु मुक्तिनाथ दर्शन गर्न जोमसोम जान लागेका थिए । एकै परिवार तथा एउटै टोलमा बस्ने सात जना बिमान दुर्घटनामा परेपछि गाउँवासीमा रुवावासी चलेको छ । दुर्घटनामा परेका आफन्तलाई सान्त्वना दिन गाउँलेहरु घरमा भेला भएका छन् । सान्त्वना दिन मधेस प्रदेश सरकारका उधोग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो आफन्तको घर पुगेका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार