तारा एयरको जहाज दुर्घटनामा परेका १४ जनाको शव फेला परेको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार जहाजमा सवार २२ मध्ये हालसम्म १४ जनाको शव फेला परेको हो।

 

नागरिक उड्ययान प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता देवचन्द्र लालकर्णको अनुसार अन्य खोजी कार्य जारी छ। यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान शंकलन गरी मुचुल्का तयार पारेपछि हेलिकोप्टरबाट पहिले कोवाङ ल्याउने योजना छ।

आइतबार बिहान हराएको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानो सरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।