नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन् ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राखेका हुन् । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेपछि आज समितिले छलफल आयोजना गरेको थियो ।
छलफलमा सहभागी नेता नेपालले सर्वोच्चबाट आएको फैसलाबाट स्तब्ध छु भएको बताए । उनले त्यहाँको वस्तुस्थितिबारे जानकारी नभइकन बनाउन नहुने भन्ने निर्णय गरिएको टिप्पणी गरे ।
पोखराको, भैरहवाको एयरपोर्टले काठमाडौंको विकल्प दिन नसक्ने भन्दै उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने बताए ।