नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

13.5k Shares
सम्बन्धित पार्टी

आर्थिक वर्ष २०७९–८० को बजेटबारे छलफल गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार दिउँसो ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।


अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए । उक्त बजेटमाथि पार्टीको धारणा बनाउन बैठक बस्न लागेको भट्टराईले बताए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार