बजेट पूर्वाधारको पाटो मात्रै नभएर देश विकासको पनि पाटो भएको अर्थमन्त्री जनार्दन शर्माको भनाई

11.6k Shares

अर्थमन्त्री जनार्दन शर्माले बजेट पूर्वाधारको पाटो मात्रै नभएर देश विकासको पनि पाटो भएको बताएका छन् । 


आर्थिक वर्ष २०७९/ ८० को बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्म्मेलनमा उनले यस्तो बताएका हुन् ।  ‘धेरैलाई आ- आफ्नो गाउँको बाटो पर्‍यो कि परेन भन्ने छ, तर बजेट देशकै विकासको पाटो हो नि,’ उनले भने । 

बजेटलाई अन्तर्राष्ट्रियरूपमा विकसित भएको प्राविधिक र आयातको अवस्था, मुद्रा स्फीतिसहितलाई ध्यान दिएर बजेट बनाइएको मन्त्री शर्माले बताए । 

बजेट कार्यान्वयनका लागि कर्मचारी, निजी क्षेत्रसहित पत्रकार सबैको पनि प्रतिबद्धता चाहिने उनको भनाइ छ ।  ‘यो बजेट गरीब किसान, आमनेपाली सबैको हो,’ उनले भने, ‘त्यहीअनुसार बजेट कार्यान्वन गर्नुपर्ने हुन्छ ।’

ताजा अपडेट
सम्बन्धित समाचार