विमान दुर्घटनामा ज्यान गुमाउने २२ जनाकै शव फेला, काठमाडौं ल्याइँदै

11.9k Shares

मुस्ताङको थसाङ गाउँपालिका–२ मा तारा एयरको विमान दुर्घटना हुँदा निधन भएका २२ जनाको शव फेला परेको छ । नेपाली सेनाले विमानमा रहेका २२ जनाकै शव फेला परेको जानकारी दिएको हो । 

२१ जनाको शव सोमबार नै फेला परेको थियो भने थप एक जनाको शव मंगलबार बिहान भेटिएको हो । 

निधन भएकामध्ये १० जनाको शव सोमबार काठमाडौं ल्याइएको थियो । अन्य १२ जनाको शव पनि आज काठमाडौं ल्याउने तयारी भइरहेको सेनाले जानकारी दिएको छ । 

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको थियो । सोमबार बिहान उक्त विमान थासाङ गाउँपालिका–२ स्थित पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमानमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । 

उनीहरू सबैको निधन भएको छ । निधन भएका सबैको शव काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइने अधिकारीहरूले जानकारी दिएका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार