आज आइजीपी प्रकरण मुद्दाको पूर्ण सुनुवाइ

17.2k Shares

 प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा सर्वोच्च अदालतमा मंगलबारदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ।

यसअघि वैशाख २२ गते न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम जारी गर्न अस्वीकार गरेको थियो। सोही इजलासले मुद्दाको अन्तिम सुनुवाइ मंगलबार गर्ने आदेशसमेत सुनाएको थियो।


तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने अदालतको आदेशमा उल्लेख थियो। सोही अनुसार मंगलबारदेखि अन्तिम सुनुवाइ हुन लागेको हो।

सरकारले पहिलो वरीयतामा रहेका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो नम्बरमा रहेका धीरजप्रताप सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको थियो।

ताजा अपडेट
सम्बन्धित समाचार