बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणा पत्र जस्तै : विष्णु पौडेल

8.2k Shares

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले २०७९/८० का लागि ल्याएको बजेट सत्तारुढ दलको चुनावी घोषणा पत्र जस्तै भएको बताएका छन । 

प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सुरु भएको छलफलमा उनले बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणा पत्र र चुनावी प्रचार जस्तो देखिएको बताए । उनले मतदातालाई झुक्क्याएर भोट बटुल्ने हिसाबले बजेट सार्वजनिक गरिएको भन्दै  सरकारको टिप्पणी गरेका हुन  ।

राज्यको स्रोतलाई दुरुपयोग गर्दै आफ्ना मतदाता रिझाउनका लागि मात्रै बजेट ल्याइएको उनले आरोप छ । उनले बजेटमा अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गरिएको पनि आरोप लगाएका छन। अस्ति अर्थमन्त्री जर्नादन शर्माले  १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार