बजेट जस्तो आउनुपर्ने थियो त्यस्तो आएको छ : मिनेन्द्र रिजाल

13.7k Shares
सम्बन्धित पार्टी

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले बजेट राम्रो भएको बताएका छन् । मंगलबार संसद्‍मा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले बजेटको मूल बाटो ठीक भएको बताए । 

बजेट वर्तमान समयका प्राथमिकता र आवश्यकताका आधारमा आएको बताए । ‘बजेटको मूल दिशा ठीक छ । बजेट यो अवस्थामा योभन्दा पृथक ढंगले आउन सक्दैनथ्यो । जस्तो आउनुपर्ने थियो त्यस्तो आएको छ,’ उनले भने ।

बजेटमा विद्यमान समयका आवश्यकताहरू समातेर ल्याएकोमा अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवादसमेत दिए । 

ताजा अपडेट
सम्बन्धित समाचार