राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत पुुगेकी छिन । भोलि सुदूरपश्चिमको बाजुरा जाने कार्यक्रमअनुसार उनी आज सुर्खेत गएकी हुन्।
पौने २ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति भण्डारी सुर्खेत पुुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन ।
राष्ट्रपति भण्डारी सुर्खेतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छैन।
‘उनको आज सुर्खेतमा बसाई हुने तालिका छ, सुर्खेतमा उनी सहभागी हुने कुनै पनि कार्यक्रम तय भएको जानकारी छैन,’ कार्कीले भने, ‘भोलि बडीमालिका जाने भन्ने जानकारी मात्र आएको छ।’