पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विमानस्थल निर्माणका लागि तय गरिएको निजगढमा जंगल नै नभएको दाबी गरेका छन्।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले निजगढ एयरपोर्टका लागि रनवे र टर्मिनल भवन बनाउने ठाउँमा जंगल नै नपर्ने दाबी गरेका हुन् । उनले सर्वोच्च अदालतको आदेश समते यथार्थ स्थिति थाहा नभइकन गरिएको भन्दै टिप्पणी समेत गरेका छन्।
गत साता सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भए निजगढ भन्दा अन्यन्त्र बनाउन सरकारलाई आदेश दिएको थियो। तर आदेशको पूर्ण पाठ आएको छैन। नेता नेपालले सर्वोच्चको आदेशलाई दुखद भनेका छन्।
नेता नेपालको संयोजकत्वमा गठित संसदीय उपसमितिले पनि जंगल नमास्ने गरि विमानस्थल बनाउन आदेश दिएको थियो।