बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेद्वारा विरोध 

11.1k Shares

नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरेका छन । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९र०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा विरोध गरेका हुन । 

पाण्डेले बजेटले वृद्ध भत्ताको उमेर घटाए पनि त्यसको फाइदा गठबन्धनलाई नहुने टिप्पणी गरे । वृद्धभत्ता एमालेको ब्रान्ड बनिसकेको बताउनु हुँदै उनले भने , ‘कांग्रेसको मेलमिलाप नीति, माअ‍ोवादीको जनयुद्धमा हाम्रो दाबी पुग्दैन । त्यसैगरी वृद्धभत्तामा अरु दलको दाबी पुग्दैन । उमेर घटाए पनि जनताले एमालेलाई नै धन्यवाद दिन्छन् । बरु वृद्धभत्ता ५ हजार पुर्‍याउने भनेका  थिए । किन बढाउनुभएन भन्ने हाम्रो प्रश्न छ रु’

हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको भन्दै उनले यस्तै अवस्था रहे बजेटको लक्ष्य पूरा हुन नसक्ने बताए  ।

ताजा अपडेट
सम्बन्धित समाचार