बागमती प्रदेशसभा बैठक अवरोध , के कारण भयो अवरोध ?

10k Shares

 बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ ।

बैठक सुरु भएलगत्तै नेकपा (एमाले) ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ ।


सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराए ।

मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाए ।

ताजा अपडेट
सम्बन्धित समाचार