राजा वीरेन्द्रको शालिक राख्न प्रहरीले रोकेपछि नेपालगन्जमा तनाव , प्रहरी र युवाबीच झडप

7.7k Shares

बाँकेको नेपालगन्ज धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्र शाहको राखेको शालिक प्रहरीले हटाएपछि स्थिति तनावपूर्ण भएको छ।

दरवार हत्याकाण्ड भएको दिन पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित युवाहरूले धम्बोजी चोकमा शालिक राखेका थिए।  शालिक राखेको केहीबेरमा प्रहरीले हटाएपछि त्यहाँ तनाव भएको हो। प्रहरी र युवाबीच त्यहाँ झडप भएको छ। 

झडपमा एक दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीमाथि पनि प्रहरीले लाठी बर्साएर केहीलाई पक्राउ गरेको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जनाकारी दिए। 

स्थिति तनावग्रस्त भएपछि अहिले थप सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालित भएको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले  बताए।  युवाहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार