नेकपा माओवादी केन्द्रकोे स्थायी कमिटी बैठक किन भयो स्थगित ?

8.7k Shares
सम्बन्धित पार्टी

काठमाडौं ।  आज बस्न लागेको नेकपा माओवादी केन्द्रकोे स्थायी कमिटी बैठक स्थगित भएको छ ।

 

वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको नेताहरुले जानकारी दिएका छन् ।

 

नेपाली कांग्रेसले वर्तमान सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादीले कांग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न चाहेको छ । शनिबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने बताएका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार