लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कार्यकारिणी बैठक बोलाएको छ।
वैशाख ३० गते भएको स्थानीय चुनावको समीक्षा र आगामी रणनीति तय गर्न जेठ २१ र २२ गते बैठक बोलाइएको लोसपा कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।
कार्यकारिणी बैठक काठमाडौंमा बस्ने छ।
वैशाख ३० गते भएको चुनावमा लोसपाले १४ पालिकामा प्रमुखरअध्यक्ष जितेको छ।