केरुङबाट पेट्रोल आयात गरौँ : सांसद शेरबहादुर तामाङ

8.8k Shares

 नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले नाकाबन्दीपछि पनि भारतीय आयल निगमकै एकाधिकार स्वीकार्नु ठूलो कमजोरी भएको भन्दै पुनर्विचारको माग राखेका छन् । 

एमालेका सांसद विशाल भट्टराईसहितले संसद्मा लागेको महँगी नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा बोल्दै तामाङले ओपेकसहितले भूपरिवेष्ठित राष्ट्रलाई सहुलियत दिने भन्दै वैकल्पिक रूपमा आयात गर्न माग गरेका हुन् । 

“चीनको केरुङबाट पेट्रोलियम आयात गरौँ । केरुङबाट त्रिशूली ओरालो नै पर्छ । पाइपलाइन बिछ्याएर त्रिशूलीमा स्टोरेज निर्माण गरौँ,” तामाङले भने, “त्यसो गरियो भने पेट्रोलियम पदार्थको मूल्य घट्नेछ । मूल्यवृद्धि नियन्त्रणमा आउनेछ ।

ताजा अपडेट
सम्बन्धित समाचार