गठबन्धनबीचको चुनावी तालमेलमा आशंका नगर्न महामन्त्री  शर्माको  आग्रह

11.3k Shares
सम्बन्धित पार्टी

 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चुनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन् ।

शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले चुनावमा तालमेल प्रभावकारी भएको भन्दै आशंका नगर्न आग्रह गरेका हुन् ।


उनले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केही सिटमा जित हासिल गरेको तर्क गरे ।

उनले मुलुकको विकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै पाँच बर्षको कार्यकालको सहि रुपमा उपयोग गर्न पनि निर्देशन दिए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार