काठमाडौ । नेपाली कांग्रेस र जनता समाजवादी (जसपा) सँगको छलफलपछि मात्रै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक हुनेछन ।
कांग्रेस र जसपासँग छलफल नगरी निर्णय गर्नुको अर्थ नहुने देखिएकाले माओवादी केन्द्रले बैठक स्थगित गरेको हो एक स्थायी कमिटी सदस्यले बताएका छन् ।
अधिकांध स्थायी कमिटी सदस्यहरू जिल्ला बाहिर भएकाले स्थगित भएको माओवादी नेता गिरिराजमणी पोखरेलले बताए । गत बिहीबार बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठकले कांग्रेस र जसपालाई सत्ता गठबन्धनका लागि तयार हुन आग्रह गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो। यो निर्णयपछि कांग्रेस र जसपासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनौपचारिक छलफल गरिसकेका छन्।
आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।