‘अहिले मात्र होइन पहिलेदेखि नै सरकारले पैसा चाहिएको हो :मिनेन्द्र रिजाल

12.3k Shares
सम्बन्धित पार्टी

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले अहिले मूल्यवृद्धि गम्भीर रोगको रुपमा रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा रिजालले सो कुरा गरेका हुन् ।

मूल्यवृद्धिको कारक नै पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न कर भएको भन्दै उनले अहिले महंगी सिरियस रोगको रुपमा रहेको बताए । उनले भने – ‘अहिले मात्र होइन पहिलेदेखि नै सरकारले पैसा चाहियो, फ्यूलमै कर लगाएको छ । पूर्वाधार, भन्सार, सडक मर्मतजस्ता कर पेट्रोलियम पदार्थमा लगाइएको छ ।’

पेट्रोलियम पदार्थमा लगाइएका करका विषयमा छलफल गर्नु नै पर्ने भन्दै मूल्यवृद्धि नियन्त्रणको लागि आफूले सरकारसँग माग गर्ने बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार