यो बजेट महत्वाकांक्षी नभई वास्तविकता हो :अर्थमन्त्री शर्मा

11k Shares

ले यो बजेट महत्वाकांक्षी नभएको बताएका छन्। संसदमा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले यो बजेट महत्वाकांक्षी नभई वास्तविकतामा आधारित रहेको बताए।


‘बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनका रुपमा हेरेको छ। जनताले आफ्नै अगाडि कार्यक्रम प्रभवकारी भएको देख्नेगरी बजेट विनियोजन गरिएको छ,’ उनले भने। उनले बजेटले कृषि उत्पादनमा जोड दिइएको बताए।

शर्माले थपे, ‘बजेटमा आन्तरिक उत्पादनलाई अधिक जोड दिइएको छ। बजेटले उत्पादन वृद्धि गरेर समस्यालाई सम्बोधन गर्न खोजेको छ।’ औद्योगिक क्षेत्रको विकास गरी आयात प्रतिस्थापनमा बजेटले जोड दिएको उनको भनाइ छ।

ताजा अपडेट
सम्बन्धित समाचार