राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्ने बताएका छन् ।
विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले निकट भविष्यमा नभए पनि पछि सहकार्य हुनसक्ने बताएका हुन् ।
पार्टीको अगुवा कार्यकर्ता भेलाका लागि विराटनगर आएका थापाले डेढ दशकयता राजसंस्थासहितको प्रजातन्त्रका लागि पहल गरेको बताउँदै राजसंस्था फर्कन सक्ने अवस्था नरहेको दाबी गरे ।
अर्को प्रशंगमा अध्यक्ष थापाले अहिले हिन्दु, बौद्ध र किरात धर्मप्रति संगठित रुपमा आतंक सिर्जना गरिएको र यो प्रकृयालाई रोक्न नसके धार्मिक द्वन्द्व हुनसक्ने खतरा रहेको बताए ।