विश्व बातावरण दिवसको अबसरमा बिभिन्न संघ संस्थाद्वारा देश भरी सरसफाइका कार्यक्रमको आयोजना गरि विश्व बातावरण दिवस मनाइरहेको छ ।
यसै सन्दर्भमा काठमाडौं जिल्ला अन्तर्गत नागर्जुन नगरपालिका वडा नम्बर १ जनता समाजवादी पार्टी (जसपा) नेपालको आयोजना र फोहर मैला ब्यबस्थापन कार्यालय (नेप्सेम्याक) स्वयम्भुको सहकार्यमा राधाकृष्ण मन्दिर परिसर हुँदै रानीबन माइक्रो बसपार्क तथा बुद्ध चोक बाट मनकामना मार्ग हुँदै पुन राधाकृष्ण मन्दिर परिसरसम्म रोडको दाँया बाँया तथा बिभिन्न सार्वजनिक स्थानमा रहेका फोहर तथा झार पातको सरसफाइ गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
यसै अबसरमा स्थानिय बासिन्दाको घर घर पुगी फोहर मैला ब्यबस्थापन र बैज्ञानिक तरिका बाट कसरी बिसर्जन गर्ने भन्ने बारेमा जनचेतना मुलक कार्यक्रमको आयोजना समेत गरिएको हो ।
उक्त कार्यक्रमलाई सफल तथा सभ्य बनाउनको लागी जनता समाजवादी पार्टी नागर्जुन १ का सम्पूर्ण पदधिकारी जसपा नेपालका केन्द्रिय सदस्य मानुशी यामी भट्टराई केन्द्रिय परिषद सदस्य रादिब लामा केन्द्रिय सदस्य श्रीजना सुबेदी केन्द्रिय परिषद सदस्य गोविन्द कंडेल तथा नेपाल इन्जिनियरिङ्ग समाज (NES) का केन्द्रिय सदस्य ई दिबस गिरी पर्यटन क्षेत्रका बिसिस्ठ ब्यक्ती गोविन्द पन्त समाजसेबी गुण राज न्यौपाने लगायत बिभिन्न समाजसेबी तथा स्थानिय ब्यक्तीहरुको ब्यापक जनसहभागीता रहेको थियो ।

उक्त कार्यक्रमलाई ब्यापक रुपमा सफल बनाउनको लागी नेप्सेम्याक स्वयम्भुको तर्फबाट पनि बिभिन्न पदाधिकारी तथा कर्मचारीहरुको पनि सहयोगको रहेको थियो । अन्त्यमा उपस्थित सबैमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो ।


