घनश्याम भूसाललाई स्पष्टीकरण सोध्ने एमालेको तयारी

9.2k Shares
सम्बन्धित पार्टी

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई एमाले सचिवालयले स्पष्टीकरण सोध्ने भएको छ । अनुशासन आयोगको सिफारिसमा भूसाललाई स्पष्टीकरण सोध्ने तयारी गरिएको हो ।


अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक रुपमा आलोचना गरेर अनुशासन भंग गरेको भन्दै शनिबार एमाले अनुशासन आयोगले भूसाललाई कारबाहीको सिफारिस गरेको थियो । भूसालको चिक्त बुझ्दो जवाफ नआए कारबाही गर्ने तयारी गरेको एमालेले जनाएको छ ।

भूसालमाथि पार्टीका विरुद्ध, अध्यक्ष ओलीविरुद्ध, पार्टी नीतिविरुद्ध र पार्टीको महाधिवेशनविरुद्ध काम गरेको पाइएको अनुशासन आयोगले सचिवालयलाई गराएको जानकारीमा उल्लेख छ ।

अध्यक्ष ओलीको कार्यशैलीमाथि सुरुदेखि नै प्रश्न उठाउँदै आएका  भूसालले गत जेठ ८ गते एक टिभी अन्तवार्तामा ओलीको आलोचना समेत  गरेका थिए । स्थानीय तहको निर्वाचनमा ओलीको कार्यशैली असफल भएको  टिप्पणीथरेका हुन । 

ताजा अपडेट
सम्बन्धित समाचार