मन्त्री फिर्ताको निर्णय सुनाउन बालुवाटार जाँदै माधव नेपाल

13.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल मन्त्री फिर्ता गर्ने पार्टीको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवालाई सुनाउन बालुवाटार जान लागेका छन् ।

आज बसेको पार्टी सचिवालय बैठकले सरकारबाट आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेपछि त्यसबारे जानकारी गराउन उनी बालुवाटार जान लागेका हुन् ।


“पार्टीबाट ६ महिनाअघि मन्त्री बनाउँदा ६ महिनापछि पार्टीले फिर्ता बोलाउन सक्छ, निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने सर्तमा उहाँहरू मन्त्री हुनुभएको हो,” एकीकृत समाजवादीका एक सचिवालय सदस्यले भने,“ उहाँहरूलाई धन्यवाद दिएर पार्टीले बोलाउन लागेको हो । नयाँ मन्त्रीहरूका विषयमा निर्णय भएको छैन ।”

ती सदस्यका अनुसार अध्यक्षले निर्णय सुनाएपछि आजै वा केही दिनमा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू फिर्ता हुनेछन् ।

ताजा अपडेट
सम्बन्धित समाचार