नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफूविरूद्ध ’बदला भाव’ राखेर अहिले अनुशासनको कारबाही गर्न खोजिएको बताएका छन् ।
नेकपा एमालेको अनुशासन आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकोमा भुसाललाई कारबाही गर्न पार्टी सचिवालयलाई सिफारिस गरेको थियो ।
भुसालले आफूविरूद्ध पार्टीको आठौं महाधिवेशनदेखि नै बदला भाव राखिँदै आएको उल्लेख गरेका छन् ।
उनले अनुशासनको कारबाही गर्न खोजिए पनि पार्टीभित्र आफू एक्लो नरहेको दाबी गरे । यद्यपि पार्टीमा आफ्नो पक्षमा रहेका नेताहरू बोल्न नसकेको उनको भनाइ छ ।