पार्टीभित्र नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरू आइरहेको महामन्त्री थापाको भनाई

9.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरू आइरहेको बताएका छन् ।

आज सोमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीमा औपचारिक रूपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताए ।


पार्टीका तर्फबाट मन्त्रिपरिषदमा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने महामन्त्री थापाको भनाई छ । मन्त्री बनेको खण्डमा भविष्यका निम्ति आफूलाई नयाँ जिम्मेवारीका लागि तयार गर्न सकिन्थ्यो भन्ने धेरै सांसदको माग रहेको महामन्त्री थापाले बताए ।

मन्त्री हेरफेर गर्ने कुरा प्रधानमन्त्रीमा निर्भर रहने भए पनि केही फेरबदल हुनुपर्नै उनको भनाइ छ ।

ताजा अपडेट
सम्बन्धित समाचार