काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा डम्पिङ साइटमा लैजाने सहमति

10.9k Shares

लामो समयदेखि थुप्रिएको काठमाडौँको फोहर आजदेखि बन्चरेडाँडा डम्पिङ साइटमा लैजाने सहमति भएको छ ।

केही दिनयता काठमाडौँमा थुप्रिएको फोहर आज बिहानदेखि लैजाने सहमति भएको हो । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको महानगरले जनाएको छ ।


सोमबार सहरी विकास मन्त्रालयमा काठमाडौँ महानगरपालिका, सिसडोल र बन्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने सहमति भएपछि आज बाट उपत्यकाको फोहोर उठाउन लागीएको हो ।

सहरी विकास मन्त्रालयले सडक, नदी नियन्त्रण, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षारोपणका लागि बजेट विनियोजन गरेको, अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी प्रक्रिया सुरु गर्ने र प्रभावित क्षेत्रको बासिन्दाका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने प्रतिबद्धता जनाएको छ ।

यता महानगरपालिकाले भने उपत्यकामा उत्पादन हुने फोहरलाई आउने साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने प्रतिबद्धता जनाएको छ । १० दिनभित्र रासायनिक र जैविक उपचार गरी दुर्गन्ध हटाउने प्रतिबद्धता पनि महानगरले जनाएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार