सडक विभागले वर्षायाममा पानी र बिजुलीको लागि सडक खन्न नदिने

8.2k Shares

सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने भएको छ।


विभागले असार १ देखी भदौ मसान्तसम्म सडक खन्न नदिने सूचना जारी गरेको हो।


वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न नदिने बताएको हो। 


कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने विभागले जनाएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार