अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच दुई महिनापछि औपचारिक भेटवार्ता भएको छ । निलम्बन परेपछि अदालतको आदेशबाट पुनर्बहाली भएका गभर्नर अधिकारीले बुधवार मन्त्रालयमै पुगेर अर्थमन्त्री शर्मासँग भेटेका हुन् ।
सोही दिन अर्थमन्त्रालयले गभर्नर अधिकारीमाथि छानबिन गर्न एक समिति गठन गरेको थियो । उक्त समिति गठनपछि राष्ट्र बैंक ऐनअनुसार गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका थिए ।