संसदीय चुनावमा रञ्जु दर्शनाले काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने

21.9k Shares

२०७४ सालमा स्थानीय चुनावमा विवेकशील नेपाली दलबाट काठमाडौं महानगरको मेयर उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।

विवेकशील नेपाली दलबाट अघिल्लो चुनावमा काठमाडौंको मेयरमा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् । विवेकशील साझा दल निकट रहेकी दर्शना पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा छिन् ।


विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको क्षेत्रबाट उम्मेदवार बन्ने दर्शनाले निर्णय गरेकी छन् । थापाले काठमाडौं ५ बाट चुनाव लड्दै आएका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार