नेकपा (एकीकृत समाजवादी) को तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले भोलि सम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताएका छन् ।
आज प्रतिनिधि सभाको बैठकका लागि नयाँ बानेश्वरमा रहेको संसद् भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथ ग्रहण बिहीवारसम्ममा गरिसक्ने बताएका हुन् ।
उनले आज नै शपथ ग्रहण हुन सक्ने सम्भावना रहेको पनि बताए । सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताउनुभयो ।
यसैबीच उनले मन्त्रिपरिषद् हेरफेर गर्ने नेकपा (एकीकृत समाजवादी) को निर्णयलाई अपरिपक्व भन्न नमिल्ने जिकिर गरे ।