बञ्चरेडाँडा तनावग्रस्त , प्रहरीद्वारा अश्रुग्यास प्रहार

13.5k Shares

काठमाडौं उपत्यकाको फोहोर फाल्ने क्रममा बुधबार पनि बञ्चरेडाँडामा स्थानीयले ढुङ्गामुढा गरेका छन् । ढुङ्गामुढापछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

राजनीतिक दल र स्थानीय निकायबीचमा सहमति भएर मंगलबारबाट बञ्चरेडाँडामा फोहोर फाल्न थालिएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेका हुन् ।

स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

ताजा अपडेट
सम्बन्धित समाचार