मेलम्चीमा गए रातिको बर्षाले फट्टेको पुल बगायो, यो वर्ष पनि शुरु भयो त्रास

9.4k Shares

गएराति ठूलो वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले अस्थायी संरचनामा क्षति पुर्याएको छ ।

गएरातिको बाढीले मेलम्ची नगरपालिका –७ र ११ जोड्ने फट्टेमा रहेको अस्थायी ह्युम पाइप कल्भर्टमा क्षति पुर्याएको हो । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । यातायात आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ ।

गएरातिको वर्षाको कारण खोलाको बहाव बढ्दा मेलम्ची बजारमा रहेको र फट्टेमा रहेको अस्थायी ह्युमपाइप कल्भर्टमा क्षति पुगेको छ ।

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले फट्टेको ह्युमपाइप मर्मत गरेर एक हप्ता सञ्चालनमा ल्याइने बताउनु भयो । मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्षति नपुगेको तामाङले बताउनुभयो।

फट्टे पुलमा क्षति पुग्दा पाँचपोखरी थाङ्पाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्चीका २ वटा वडाको आवतजावत प्रभावित भएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार