नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् ।
पार्टीबाट विजयी उम्मेदवारलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिए ।
काठमाडौं महानगरपालिकामा मेयर पद नजिते पनि ३२मध्ये १९ वटा वडामा जितेको बताउँदै उनले चुनाव फेरि–फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न सुझाव दिए ।