संघिय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ : कमल थापा

10.9k Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संघिय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताएका छन  । उनले संघिय संरचनामा एउटा केन्द्रीय सरकार र अझ बढि अधिकार सम्पन्न स्थानीय तहको संरचना निर्माण गर्नु पर्ने जनाएका हुन । 

बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका थापाले संघिय संसदबाट राष्ट्रपति निर्वाचन हुनुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख गरे । उनले नेपालमा राजसंस्थाको पुर्नस्थापना अब सधैंका लागि सकिएको भन्दै अब जनताको मत जितेर मात्रै राजसंस्था पुर्नस्थापना हुन सक्ने दाबी गरेका छन । 

थापाले असम्भव एजेन्डा बोक्दा आफैं फेल हुने भएकोले राजतन्त्र पुर्नस्थापनालाई छोडेर हिन्दु राज्यको एजेन्डा बोकेको बताए । जनता अहिले पनि हिन्दुराज्यको पक्षमा रहेको भन्दै हिन्दुराज्य र धर्म निरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्नेमा जोड दिए।

राजाका सचिव तथा निर्मल निवासले निरन्तर हस्तक्षेप गरिरहेको बताउँदै थापाले पार्टीमाथि भएको हस्तक्षेप सहन नसकेर आफू अलग्गिएको बताए ।    राप्रपासँग एकताको सम्भावनाको बारेमा बताउँदै उनले राप्रपाले राजतन्त्रको एजेण्डा छोडेमा राप्रपालाई पार्टी हस्तान्तरण गरेर बस्ने बताए।

ताजा अपडेट
सम्बन्धित समाचार