गृह मन्त्रालयका हाकिमका पत्नी नै मिटरब्याज असुल्छन् : प्रेम सुवाल

17k Shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरू नै मिटरब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो आरोप लगाएका हुन्। उनले कतिपय पदाधिकारीहरुले स्वकीय सचिव र भान्सेसमेत आफन्त राखेर मिटरब्याजीको रकम गोजीमा राखेको पनि विभिन्न समाचार माध्याममा आईरहेको भन्दै आपत्ति जनाए।

सांसद सुवालले मिटरब्याज नियन्त्रण गर्ने सरकारको बजेट वक्तव्यमा उल्लेख भए पनि कानुन हातमा लिन सक्नेहरुनै यसको नियन्त्रणमा बाधक देखिएको दाबी गरे।

उनले भने,   ‘बजेट वक्तव्यमा मिटरब्याज नियन्त्रण गर्ने उल्लेख छ। तर, गृह प्रशासनका हाकिमहरुका श्रीमती, आफन्त र सल्लाहकारहरु मिटरब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको कतिपय पदाधिकारीहरुले आफन्तहरुलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ। यस्ता गलत काम त कानुन हात लिन सक्नेहरुले गरेको देखियो नि।’

सांसद सुवालले मुलुकलाई ऋणमा डुबाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको पनि दोहोर्‍याए।

ताजा अपडेट
सम्बन्धित समाचार