आफूले दिएको र मधेस प्रदेशको योजनामा बजेट नदिए मन्त्रालयमैअनशन बस्‍ने जसपाका सांसद यादवको चेतावनी

14.1k Shares
सम्बन्धित पार्टी

जनता समाजवादी पार्टीका सांसद रामबाबु कुमार यादवले आफूले दिएको र मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए संघीय मामिला मन्त्रालयमै अनशन बस्ने चेतावनी दिएका छन् ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको टेबुल ठोकाठोक गरेका उनले शुक्रबार अनलाइनखबरसँग कुरा गर्दै मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए मन्त्रालयमै अनशन बस्ने चेतावनी दिएका हुन् ।


यस्तै उनले मधेश प्रदेशको जनता करदाता, मतदाता र अन्नदाता मात्रै हुन रु त भनी प्रश्नसमेत गरेका छन् । संघीय मामिला मन्त्रालयले प्रदेश १ मा १ हजार २ सय सिंचाई, कृषि सडक, र झुलुङ्गे पुलको योजना दिएको तर मधेस प्रदेशमा नदिएको गुनासो उनको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार