फोहोर व्यवस्थापनसहित २५ क्षेत्रमा हड्ताल निषेध , कुन कुन क्षेत्र परे ?

11.8k Shares

सरकारले फोहोरमैला व्यवस्थापनसहित २५ क्षेत्रमा हड्ताल गर्न रोक लगाएको छ। 

काठमाडौं उपत्यकाको फोहोर संकलनमा लामो समयदेखि समस्या देखिएका बेला सरकारले यस्तो सूचना जारी गरेको हो। 

फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ। 

त्यसबाहेक बैंकिङ, विमा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुहरु, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट, भेटेरिनरी, मास्कसम्बन्धी सेवामा पनि हड्ताल गर्न निषेध गरिएको छ। 

गृह मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा सूचना जारी गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरि आवश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको उल्लेख गरिएको छ। 

">

ताजा अपडेट
सम्बन्धित समाचार