सिसडोल एक महिनाभित्र दुर्गन्धरहित बनाउने मेयर बालेनको भनाई

10.8k Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नुवाकोटको सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित हुने बताएका छन् ।

आइतबार काठमाडौं महानगरको कार्यपालिका बैठकमा उनले सिसडोलस्थित फोहोर विसर्जनस्थलमा जैविक केमिकल प्रयोग गरिने बताए । त्यसले वातावरणमा असर नपर्ने उनको भनाइ छ ।

“सिसडोल एक महिनाभित्र दुर्गन्धरहित हुन्छ भनेर काम अघि बढाएका छौँ । जैविक केमिकल प्रयोग गर्दै छौँ । जसले वतावरणमा असर पार्दैन,” उनले भने, “सफा पानी मात्र खोलामा जाने बनाउँदै छौँ ।”

तीनपिप्लेदेखि बन्चरेडाँडाको बाटो निर्माणकार्य असारको पहिलो हप्तादेखि सुरु हुने उनले जानकारी दिए । बन्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि योजनाअनुसार काम भइरहेको उनले उल्लेख गरे । 

ताजा अपडेट
सम्बन्धित समाचार