अनुगमनमा आउँदा मेयरले थाहै नदिइ आएको काठमाडौंका वडा अध्यक्षहरुको गुनासो

81.5k Shares
सम्बन्धित राजनीतिज्ञ
यो पनि

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्थलगत अनुगमनमा जाँदा सम्बन्धित वडाका वडा अध्यक्षहरुले आफूहरुसँग समन्वय नगरेको गुनासो गरेका छन् ।

काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकमा सहभागीहरुले मेयर आफ्नो वडामा अनुगमन गर्न आउँदा आफूहरुलाई थाहै नदिइएको गुनासो गरेका हुन् ।


मेयर साहले शनिबारको दिन भएकाले दुःख नदिने भनेर खबर नगरेको प्रष्टीकरण दिए । उनले अबदेखि यस्ता ठाउँमा जाँदा खबर गर्ने प्रतिबद्धता जनाए ।

बैठकमा वडा अध्यक्षहरुले प्लास्टिक उद्योगहरुसँग समन्वय गरेर घर–घरमा फोहोर राख्ने भाँडो उपलब्ध गराउन, ढल सफाइका लागि हरेक वडावालाई एकएक वटा जेट मेसिन उपलब्ध गराउन, राजश्व लिएर फुटपाथको उचित व्यवस्थापन गर्न, कबाडी संकलन तथा बिक्री गर्ने स्थान हटाउन लगायतका विषयमा सुझाव दिएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार