सडक, विद्युत, टेलिकम र खानेपानीकाे अनुगमन महानगरले गर्न पाउनुपर्ने मेयर साहकाे माग

57.2k Shares
सम्बन्धित राजनीतिज्ञ
यो पनि

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सडक, विद्युत, टेलिकम र खानेपानीको कामको अनुगमन महानगरले गर्न पाउनुपर्ने माग गरेका छन ।

महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै उनले यो कुरा बताएका हुन ।  सडक विभाग, विद्युत प्राधिकरण, टेलिकम र खानेपानी विभागसँग समन्वय गरेर काम गर्ने विषयमा छलफल भइरहेको समेत बताए । उनले आफूले सडक, विद्युत, टेलिकम र खानेपानीका प्रमुखहरूसँग एक चरण छलफल गरिसकेको समेत जनाएका छन  । उनले प्रत्येक महिनाको पहिलो सोमबार उनीहरूसँग छलफल गर्ने सहमति समेत भएको बताउनुभयो तथा  सडक, विद्युत, टेलिकम र खानेपानीले महानगरपालिका भित्र गर्ने प्रत्येक कामको अनुगमन पनि महानगरले गर्न पाउनुपर्ने मेयर साहले माग गरेका छन । 

त्यस्तै उनले फोहोर कुहिने र नकुहिने गरी छुट्याएर उठाउन थालेलगत्तै कम्पोस्ट मल उत्पादन पनि थाल्नु पर्ने भएकाले बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटको एउटा सेक्सनमा कम्पोस्ट मलको कारखाना सञ्चालन गर्ने विषयमा छलफल भइरहेको समेत जानकारी दिए । त्यसैगरी ल्याण्डफिल साइटमा जीवजन्तु र पर्यावरणमा असर नपुगोस भनेर दुर्गन्ध हटाउन जैविक रसायन प्रयोग गर्ने बताए । 


त्यस्तै फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएपछि फोहोर बापत तिर्नुपर्ने शुल्क पनि घट्नुपर्ने माग पनि वडाध्यक्षहरुको गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार